काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको भूमि अतिक्रमण गरेको मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको दाबी गर्नुभएको छ ।



आज संसद बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भन्नुभयो, “तपाईंहरूलाई अचम्म लाग्न सक्छ, मलाई पनि हालै मात्र थाहा भयो । भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । हामी टेबल टकमा बसेर दुवै पक्षको भूमि अतिक्रमणको विषयमा छलफल गर्नेछौं ।”
उहाँले नेपालले कुन–कुन क्षेत्रमा भारतको सीमा मिचेको हो भन्ने कुरा भने खुलाउनुभएन ।
नेपालका कुनै पनि प्रधानमन्त्रीले आफ्नो देशले छिमेकी देशको भूमि मिचेको भनेर सार्वजनिक अभिव्यक्ति दिएको यो पहिलो घटना भएको बताइएको छ ।












