भिमसेनथापा गाउँपालिका, गोरखा। गणतन्त्र दिवसको अवसर पारेर भिमसेनथापा गाउँपालिकाले शहीद तथा बेपत्ता परिवारको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले बोका तथा कृषि मेसिनरी उपकरण वितरण गरेको छ।
गाउँपालिकाले सञ्चालन गरेको जीविकोपार्जन सहयोग कार्यक्रम अन्तर्गत लक्षित परिवारलाई बोका वितरण गर्नुका साथै कृषि उत्पादन बढाउन आवश्यक कृषि मेसिनरी उपकरण समेत हस्तान्तरण गरेको जनाएको छ।



कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा जनप्रतिनिधिहरूले शहीद र बेपत्ता परिवारको सम्मान तथा आर्थिक सशक्तीकरणका लागि स्थानीय सरकारले विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनीहरूले यस्ता कार्यक्रमले परिवारको आयआर्जन वृद्धि गर्न तथा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
गाउँपालिकाका अनुसार आगामी दिनमा पनि शहीद तथा बेपत्ता परिवारलाई लक्षित गरी सीप विकास, कृषि तथा पशुपालन प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिइनेछ।












