काठमाडौं । आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले समारोहमा सम्वोधन गर्न अनुरोध गर्दै राष्ट्रपतिलाई पत्राचार गरेको छ ।

स्रोतका अनुसार मन्त्रिपरिषदबाटै यस विषयमा राष्ट्रपतिलाई पत्राचार गर्ने निर्णय भएको थियो । त्यसैअनुसार मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्र पुर्‍याएका हुन् ।

प्रधानमन्त्री कार्यालयबाट अनौपचारिकरूपमा पनि राष्ट्रपतिलाई अनुरोध भइरहेको स्रोतले बतायो । गणतन्त्रको प्रतीक राष्ट्रपति भएको हुँदा उनले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले पत्र आएको पुष्टि गरेका छन् ।

विगतमा काठमाडौं महानगरपालिकाको मेयर छँदा पनि बालेनले गणतन्त्र दिवसको विशेष समारोह बहिष्कार गर्ने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय