काठमाडौं, जेठ १९ — सरकारले ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (UNEP) सँगको सम्झौता स्वीकृत गरेको छ।
मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।



बैठकका प्रमुख निर्णयहरू :
• ओजोन तह संरक्षण : UNEP मार्फत मन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गरिएको छ।
• सशस्त्र प्रहरी बढुवा : सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्जुन कुमार पोखरेललाई सशस्त्र प्रहरी बल, नेपालको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय भएको छ।
• प्रदर्शन घटना अध्ययन : संवत् २०८२ भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्र सम्बन्धी सिफारिस अध्ययन गर्न गठित समितिको कार्यावधि थप ४५ दिनका लागि बढाइएको छ।
• भूमि समस्या समाधान समिति : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिमा निम्न व्यक्तिहरूलाई नियुक्ति गरिएको छः
• अध्यक्ष : बलभद्र वास्तोला (कास्की)
• सदस्य : अमिर प्रसाद न्यौपाने (काठमाडौं), पद्मिनी सोती (लमजुङ), डा. रेहना श्रेष्ठ (काठमाडौं)
मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालयबाट प्रस्तावित अन्य विषयमा पनि छलफल गरी आवश्यक निर्णय गरेको बताइएको छ।












