काठमाडौं ११ गते: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन्।

मुख्य निर्णयहरू:

नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत् प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने।

आर्थिक वर्ष २०८३/०८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने:
– मोटो धान: प्रतिक्विन्टल रु ३,६६०
– मध्यम धान: प्रतिक्विन्टल रु ३,८६०

सहकारी क्षेत्रमा देखिएको अनियमितता सम्बन्धी सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने।

मुकेश डंगोल लाई नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा नियुक्त गर्ने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय