काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) बाट सरकार कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारेका छन् ।

काठमाडौंमा आयोजित पोष्ट–बजेट छलफल कार्यक्रममा बोल्दै उनले विद्युत उपभोक्तालाई अतिरिक्त आर्थिक भार नपर्ने गरी सरकारले आवश्यक विकल्पहरू तयार गर्ने बताएका हुन् ।

उनका अनुसार भ्याट लागु हुने निर्णय यथावत रहनेछ, तर उपभोक्तामा प्रत्यक्ष असर नपर्ने गरी समाधान खोजिनेछ ।

“भ्याट लाग्छ–लाग्छ, रिट्रिट हुँदैन तर उपभोक्तालाई मार नपर्ने गरी हामी सोच्दैछौं,” अर्थमन्त्री वाग्लेले भने ।

उनले आगामी साउन महिनादेखि नै उपभोक्तालाई राहत दिने किसिमका वैकल्पिक व्यवस्था लागू गरिने पनि जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय