काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि गठित छानबिन समितिले बयान लिने काम सम्पन्न गरेको छ। गुरुङको सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको अध्ययन गर्न सरकारले गठन गरेको समितिले मंगलबारदेखि बयान लिन सुरु गरेको थियो।
बयान प्रक्रिया मंगलबार नै पूरा हुन नसकेपछि बुधबार पनि निरन्तरता दिइएको स्रोतले जनाएको छ।



सरकारले २०८३ वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन्।
समितिलाई अनुसन्धान तथा प्रतिवेदन बुझाउन १५ दिनको समयसीमा दिइएको भए पनि समय अपुग हुने देखिएकाले म्याद थप हुन सक्ने बताइएको छ।












