काठमाडौं : ओखलढुंगाका युवा प्रतिभा अर्जुन पोखरेल राष्ट्रिय हास्य रियालिटी शो कमेडी च्याम्पियन सिजन ४ को टप २४मा छनोट हुन सफल भएका छन्। चिसंखुगढी गाउँपालिका–८ निवासी पोखरेलको यो उपलब्धिले ओखलढुंगा जिल्लासहित स्थानीयवासीमा खुसीको माहोल सिर्जना गरेको छ।


देशभरबाट सहभागी भएका सयौं प्रतिस्पर्धीलाई पछि पार्दै अर्जुन उत्कृष्ट २४ प्रतिस्पर्धीभित्र स्थान बनाउन सफल भएका हुन्। अब उनी आगामी चरणहरूमा आफ्नो हास्य प्रस्तुति र सिर्जनात्मक क्षमतामार्फत उपाधि यात्रालाई अघि बढाउनेछन्।



उनको सफलताप्रति स्थानीय जनप्रतिनिधि, शुभेच्छुक तथा जिल्लावासीले बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन्। अर्जुनले राष्ट्रिय मञ्चमा ओखलढुंगाको प्रतिनिधित्व गर्दै जिल्लाको नाम चिनाउन सफल हुने विश्वास व्यक्त गरिएको छ।

कमेडी च्याम्पियन नेपालकै लोकप्रिय स्ट्यान्ड–अप कमेडी रियालिटी शोमध्ये एक हो, जहाँ देशभरका नयाँ प्रतिभाहरूले आफ्नो कला प्रस्तुत गर्ने अवसर पाउँछन्।












