काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र भवन खाली गर्न सूचना जारी गरेको छ। ग्यालेक्सी फोरके टिभी सञ्चालन गर्ने उक्त संस्थालाई घरभाडा तिर्न र आफ्ना सामान हटाउन निर्देशन दिइएको हो।
काठमाडौँ–३ का घरधनी मृगेन्द्र प्रसाद मिश्रसहितले घरभाडा उठाइ भवन खाली गराइदिन माग गर्दै निवेदन दिएका थिए। त्यसपछि महानगरपालिकाको न्यायिक समितिले २०८१ कात्तिक १४ गते घरभाडा र बहाल कर असुल गरी भवन खाली गराउने निर्णय गरेको थियो।



उच्च अदालत पाटनले पनि २०८२ साउन २८ गतेभित्र न्यायिक समितिको निर्णय कार्यान्वयन गर्न आदेश दिएको थियो। अदालतको आदेशअनुसार महानगरपालिकाले २०८२ कात्तिक १४ गते निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाएको जनाएको छ।
निर्णय कार्यान्वयन भएको छ महिना बितेपछि घरधनीले फेरि निवेदन दिएपछि महानगरपालिकाले अब १५ दिनभित्र बाँकी बहाल रकम बुझाएर आफ्ना सामान लैजान पुनः सूचना जारी गरेको हो।












