काठमाडौं । Rastriya Swatantra Party का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह आगामी एक साताभित्र प्रतिनिधिसभामा उपस्थित हुने जानकारी दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले प्रधानमन्त्री सदनमा आएर समसामयिक विषयमा धारणा राख्ने तयारी रहेको बताएका हुन्।



त्यसपछि Communist Party of Nepal (Unified Marxist–Leninist) की संसदीय दल उपनेता पद्मा अर्यालले कार्यव्यवस्था परामर्श समितिमा भएको सहमतिअनुसार सत्तापक्षको प्रस्तुति नआएको विषय उठाएकी थिइन्।
उनले संसद सरकारको प्रशंसा गर्ने मात्र थलो बन्न नहुने उल्लेख गर्दै सहमतिअनुसार सदन सञ्चालन हुनुपर्ने धारणा राखिन्।












