काठमाडौं , माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराउनु भएको छ ।
बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उहाँले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिज्यूलाई जानकारी गराउनु भएको हो ।
भेटमा अर्थमन्त्री डा.वाग्लेले संसद्मा पेस गर्नुभएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिज्यूलाई हस्तान्तरण गर्नुभयो।



अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोली (जेठ १५ गते शुक्रबार) अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ।












