काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी निजामती कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब वृद्धि गरिएको जानकारी दिएका हुन्।
सरकारको निर्णयसँगै अब निजामती कर्मचारीहरूको न्यूनतम मासिक तलब ४० हजार रुपैयाँ पुगेको छ भने उच्च तहका कर्मचारीको तलब एक लाख रुपैयाँभन्दा माथि पुगेको छ।
अर्थमन्त्री वाग्लेले बढेको तलब साउन १ गतेदेखि नै लागू हुने बताए पनि कर्मचारीहरूले भने भदौ महिनादेखि मात्रै नयाँ दरअनुसारको तलब प्राप्त गर्नेछन्।
सरकारले कर्मचारीको मनोबल वृद्धि, बढ्दो महँगीको असर न्यूनीकरण तथा सार्वजनिक सेवामा प्रभावकारिता बढाउने उद्देश्यले तलब वृद्धि गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय