काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा झन्डै दुई वर्षअघि रहस्यमय रूपमा हराएकी नेपाली नर्स ममता काफ्ले भट्टको प्रकरणमा महत्वपूर्ण फरेन्सिक प्रमाण भेटिएको छ।

अनुसन्धानका क्रममा प्रहरीले एक गाडीबाट मानव कपाल र रौँका केही टुक्राहरू बरामद गरेको छ। फरेन्सिक विशेषज्ञहरूका अनुसार तीमध्ये तीनवटा कपालको डीएनए परीक्षण गर्न सकिने अवस्था रहेको छ। उक्त नमुनाहरू थप परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।

ममताका श्रीमान् नरेश भट्टलाई हत्या र शव गायब पारेको आरोपमा मुद्दा चलाइएको छ। अभियोजनकर्ताले नरेश नै घटनामा संलग्न रहेको दाबी गरे पनि अहिलेसम्म ममताको शव फेला परेको छैन।

सन् २०२४ मा बेपत्ता भएपछि यो घटनाको अनुसन्धान निरन्तर चलिरहेको छ। पछिल्लो प्रमाणले नरेश भट्टविरुद्धको मुद्दालाई थप मजबुत बनाउने अनुसन्धानकर्ताहरूको आकलन छ।

डीएनए परीक्षणको अन्तिम रिपोर्ट आउन बाँकी छ। रिपोर्ट सार्वजनिक भएपछि घटनाबारे थप जानकारी बाहिरिने अपेक्षा गरिएको छ।

यो घटना नेपाली समुदायमा अझै चर्चाको विषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय