काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आइतबार देखिएको अवाञ्छित गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै सभामुख डीपी अर्यालले घटनाको छानबिन गर्न समिति गठन गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले संसद सचिवालयका सचिव प्रकाश अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन्। समितिलाई घटनाको वास्तविकता पत्ता लगाई विस्तृत प्रतिवेदन तयार गर्न सात दिनको समयसीमा तोकिएको छ।

संसद बैठकका क्रममा केही सांसदको व्यवहार र गतिविधिले सदनको गरिमा तथा संसदीय मर्यादामाथि प्रश्न उठाएको भन्दै सभामुखले घटनालाई गम्भीर रूपमा लिइएको बताएका छन्। उनले संसदको अनुशासन र मर्यादा कायम राख्न आवश्यक कदम चालिने स्पष्ट पारे।

छानबिन समितिले घटनासँग सम्बन्धित सबै पक्षको अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाउनेछ। उक्त प्रतिवेदनका आधारमा नियमावलीअनुसार आवश्यक निर्णय तथा कारबाही प्रक्रिया अघि बढाइने संसद सचिवालय स्रोतले जनाएको छ।

पछिल्ला दिनमा संसद बैठकहरूमा देखिएको तनाव र अव्यवस्थाबीच सभामुखको यो कदमलाई संसदीय अनुशासन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय