वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लिखत सम्बन्धी कसुरको मुद्दामा पक्राउ परेका छन् ।
जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको आठ दिनपछि पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार मेयर सिंहलाई पर्साको ठोरी बाट पक्राउ गरेको हो जेठ १२ गते पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह जेठ १३ गते अदालतमा उपस्थित भएका थिए । अदालतमा सुनुवाइ हुन नसकेपछि उनलाई कानुनी प्रक्रियाअनुसार हिरासत पठाईनु पर्नेमा उनी अदालत परिसरबाटै फरार भएका थिए ।
फरार रहेका सिंह भारतको बिहार राज्यस्थित सिवान क्षेत्रमा जोगीको भेषमा देखिएका थिए ।

स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीन जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ परेका मेयर सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय