काठमाडौंको तारकेश्वर नगरपालिका–९ फुटुङस्थित ग्याडोल क्षेत्रमा भएको सवारी दुर्घटनामा एक ४ वर्षीय बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार बागमती प्रदेश ०१–००२ ज ७९३३ नम्बरको ट्याक्सीले ठक्कर दिँदा गोरखा नगरपालिका–२ ताप्ले घर भई हाल मनमैजु बस्दै आएका स्पर्श बानियाँ गम्भीर घाइते भएका थिए।




घटनापछि उपचारका लागि उनलाई बसुन्धारास्थित ईशान बाल अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक स्पर्श, साबित्रा बानियाँ केसीका छोरा हुन्। दुर्घटनामा संलग्न ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।












